arrow

पक्की पुल बन्ने भएपछि मखमली फूल झैं फुल्यो स्थानीयको अनुहार 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ असोज १५ सोमबार
nadi.jpg

 पाल्पा । तानसेन नगरपालिका र माथागढी गाउँपालिका जोड्ने महत्वपूर्ण सडक, तानसेन बासटारी झडेवा खैरेनी जोड्ने, तानसेन बुटवल सडक खण्डको बैकल्पिक सडकको रुपमा  रहेको तिनाउँ नदीमा पक्कि पुल बन्ने भएपछि यस क्षेत्रका  जनतामा खुसियाली छाएको छ । 

बर्षायामा ज्यान जोखिममा राखेर तिनाउ नदी ओहोर दोहोर गर्दै आएका मदनपोखरा, सराईवासी पुल बन्ने आशामा निकै खुसी देखिन्थे । माडी सेरोफेरो क्षेत्रका लागि  महत्वपुर्ण मानिएको पक्कि पुल शिलन्यास हेर्न  काम छोडेर कृषकहरु अम्लेहानमा जम्मा भएका देखिन्थे । पुल शिलान्यासको क्रममा जनताको मुख हँसिलो भएको देखिन्थ्यो ।  

अम्लेहान तिनाउ नदीमा निर्माण भएको कल्भर्ट अस्थायी प्रकृतिको हुँदा बर्षायाममा लगातार पानी पर्दा कल्भर्ट थुनिएर  समस्या हुदै आएको छ । कयौं पटक मानिसको  खेत, गाई, गोरु समेत बगाएको थियो । 

बर्षायाममा कल्भर्ट थुनिदाँ  आसपासका खेतीपाती डुवाउने खेतमा बाढी पस्दा बगरमा परिणत हुने अवस्था रहेको छ । नदीमा पक्कि पुल नहुँदा प्रत्येक बर्ष पानी परेसँगै यातायात अवरुद्ध हुँदै  यात्रु र सवारीचालकहरुले सास्ती खेप्नु परेको अवस्था यस क्षेत्रमा रहेको हो ।  

पुल नहुँदा माडी सेरोफेरोमा कयौं जनाले ज्यान गुमाए भने कयौ पटक ठुलो धनजनको क्षति हँुदै आएको थियो ।  बर्षायामा ज्यान जोखिममा राखेर तिनाउ नदी ओहोर दोहोर गर्दै आएका मदनपोखरा सराईवासी पुल बन्ने आसामा निकै खुसी देखिन्थे । मदनपोखरा दमकडा क्षेत्र बर्षायाममा विद्यार्थी आवत जावत गर्न नसक्दा पढाई नै प्रभावित हुने गर्दथ्र्यो । 

  संघीय सांसद दलबहादुर राना, सोम प्रसाद पाण्डे, प्रदेश सांसद नारायण आचार्य लगायतको पहलमा विश्व बैकको सहयोगमा एसएनआरटी परियोजना मार्फत पक्की पुल निर्माण हुने भएको हो । ६ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको  अम्लेहान पुलको २०७५ असार ३० गते  काम शुरु गरी २०७६ असार ३१ सम्ममा  निर्माण कार्य सम्पन्न  गर्ने गरी रसुवा कन्ट्रक्सन कम्पनी धापासी काठमाडौसँग सम्झौता भई काम शुरु भएको छ । पुलको पाल्पा क्षेत्र नंं २ का संघीय सांसद सोम प्रसाद पाण्डे र प्रदेश पाँचका भौतिक योजना मन्त्री वैजनाथ चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका छन्  । 

 धेरै पहिले देखी नै पक्कि पुलको आवश्यकता देखिएपछि  पटक पटक सडक विभाग देखी मन्त्रालय सम्म धाउदा बल्ल पुल बन्ने आशा पलाएको वडा ९ का वडा अध्यक्ष हरी सुमर रेग्मीले बताए । 

एसएनआरटीपिका उप निर्देशक कुमार थापाले एक बर्ष भित्र पुल सक्काउनु पर्नै यदी नसकिएमा त्यसको दायित्व केन्द्रीय तथा प्रदेश सरकारको काधमा जाने बताए । अन्य स्थानमा निर्माण कम्पनीले निर्माण सम्पन्न अवधी अगाडि नै काम पुरा गर्ने छवि बनाएको रसुवा  कन्ट्रक्सनले  यस पुलको पनि समयमै काम पुरा गर्नेमा  आफु विश्वस्त रहेको थापाले  बताए । 

स्थानीयवासीको पूर्ण सहयोग रहेमा कुनै भवितव्य नआए  निर्माण सम्झौता समय अगाडि नै पुल निर्माण पुरा गर्ने निर्माण कम्पनीको  साईट प्रतिनिधी विकास  पाण्डेले बताए । २०७४ असार २४ गते अम्लेहानमा विवाहमा गएर फर्किदै गर्दा तिनाउ नदीले जिप सहित ४ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ