arrow

भारत फकाउँदै ट्रम्प, अमेरिका व्यापार सम्झौताको लागि इच्छुक 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको लागि इच्छुक रहेको बताएका छन् । उनले भारतका सामग्रीहरुमाथि अमेरिकाले कुनै कर नबढाओस् भन्ने चाहेको उल्लेख गर्दै त्यसका लागि दुई पक्षको बीचमा व्यापार सम्झौता आवश्यक रहेको बताएका हुन् । 

यसअघि अमेरिकी सहायक व्यापार प्रतिनिधि मार्क लिनस्कटको भारत भ्रमणको क्रममा पनि ट्रम्पले यस्तो बताएका थिए । उक्त भ्रमणको विषयमा पनि दुई मुलुकहरुको बीचमा व्यापारिक वार्ताको विषयमा छलफल भएको थियो । 

ट्रम्पले भारतमाथि अमेरिकी उत्पादनहरुमा १०० प्रतिशतसम्मको कर लगाउने गरेको आरोप लगाउँदै आएका छन् । उनले अमेरिकाबाट भारत आउने सामग्रीहरुमा ६० प्रतिशतको कर लगाउँदा पनिअमेरिकामा पनि विना कर भारतीय सामग्रीहरुको व्यापार भइरहेको ट्रम्पले बताउँदै आएका छन् । 

ट्रम्पले भारतसँग सन्तुलित किसिमको व्यापारका लागि उसका सामग्रीहरुमा पनि १० देखि २५ प्रतिशतसम्मको कर लगाइने बताएका थिए । 

भारतसँग वार्ता हुने बताउँदै ट्रम्पले भारतसँगको व्यापारको अहिलेको अवस्था आफूलाई उचित नलागेको बताए । उनले भारत एक उदाहरण मात्र रहेको र अन्य मुलुकहरुले पनि व्यापारिक हिसाबमा अमेरिकालाई नोक्सानी हुने काम गरिरहेको आरोप लगाए । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ