निर्मला पन्त बलात्कार हत्याको प्रतिवेदन जनता सामु राख्नुपर्छ - नेता केसी
सरिता तिम्सिना पगेनी
प्रकाशित २०७५ असोज १५ सोमबार
811
Shares
म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनता सामु राख्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा मा जोड दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका केसीले पछिल्लो समय देशैभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको अवस्थामा पनि सरकाले शान्तिसुरक्षा दिन नसक्नुले सुरक्षा निकाय प्रति को संस्थागत मर्यादा पनि कमजोर हुँदै गएको बताए ।
उनले निर्मला पन्त बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले वास्तविक हत्यारा पहिचानका लागि देशैभर आन्दोलन भइरहँदा पनि सरकारले बास्तबिक हत्यारा पहिचान गर्न नसक्नुले कतै सरकारले न्याय मार्ने षडयन्त्र त गरिरहेको छैन भन्दै सरकार प्रति आशंका ब्यक्त गरे ।
पछिल्लो समय देशमा धेरै निर्मलाहरु बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाइ सरकारले कानुनी कठाघारामा नल्याएकोमा चिन्ता ब्यक्त गरे। निर्मला पन्तको गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलत्कार पछि हत्या भएको थियो ।
११ गते उनको शब उखुबारीमा भेटिएको थियो ।निर्मला पन्त बलत्कार हत्या छानविनका लागि गठित सह सचिब हरी मैनाली नेतृत्वको समितिको सुझाब पछि गृहमन्त्री रामबहादुर थापाले एस पी डिल्लीराज बिष्ट,उनका छोरा किरण बिष्ट,र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।
आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिबि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको बिधिबिज्ञान प्रयोगशालाका प्राबिधिकहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए । तीन जनाकै डिएनए रिपोर्ट नेगेटिभ आएपछि कंचनपुर घटना थप रहस्यमय बनेको छ ।