arrow

आन्तरिक लोकतन्त्र बलियो नहुँदा कांग्रेस कमजोर : केसी

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
arjun_narsingh_kc.png.png

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा सोमबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताए।

 नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उनले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ