arrow

सार्वजनिक यातायातमा एक रुपैयाँ पनि बढी भाडा लिए विभागले पाता फर्काउने 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
mahanagar-yatayat-Inside-Ringroad.jpeg

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा एक रुपैँया पनि बढी भाडा लिए पाता पर्काउने भएको छ । कसैले एक रुपैँया बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन समेत विभागले आह्वान गरेको छ । यातायात विभागका महानिर्देशक लावण्यकुरमा ढकालले हाम्रा कुरालाई भने, ‘हामीले अनुगमनमा कडाई गर्न भनेका छौँ । एक रुपैँया पनि बढी लिएको भेटिए कारबाही हुन्छ । ट्राफिक प्रहरी र अनुगमनकर्ताहरुलाई पनि हामीले सर्कुलर गरेका छौँ ।’ 

विभागले तोकेको भाडादर कार्यान्वयनमा सवारी साधन सञ्चालकहरुले अटेर गर्दै आएका छन् । हुँदा हुँदा कसैले त यात्रुलाई दुव्र्यवहार समेत गर्न पछि पर्दैनन् । विभागले गएको असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको छ । भाडा बढाएपछि चार किलो मिटरसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किलोमिटरसम्मको १६, छ किलो मिटरसम्मको १७, आठ किलो मिटरसम्म १८, १९ किलो मिटरसम्म २६ र १९ किलो मिटरभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार विभागले उपत्यका र स्थानीय ‘रुट’मा यो भाडादर निर्धारण गरी लागू गरेको छ । तोकिएको भाडादर भन्दाबढी भाडा लिनेलाई  कारबाही गरिने उनले भनाई छ । ‘अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, उनले भने, ‘अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ ।’ 

तोकेभन्दा एक रुपैयाँमात्र बढी भाडा लिए पाँच हजार कारबाही गरिने विभागले जनाएको छ । विभागका प्रवक्ता उपाध्यायले भने परिचालकले टिकट नदिए पनि सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन नम्बर ४४७९६९० र [email protected] उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायको भनाई छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ ।

यस्तै, प्रहरीको टोल फ्रि नम्बर १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ । यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा यससम्बन्धी उजुरी गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ