काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा डा तुलसीराम बैद्य निर्वाचित भएका छन् ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको नाम राख्ने आचार्यको बिषयमा अध्ययन अनुसंधान गर्ने लगायतका उद्धेश्यहरु राखेर स्थापना गरिएको उक्त प्रतिष्ठानले गरेको प्रथम बार्षिक साधारण सभाले लुम्बिनी बौद्ध विश्वबिद्यालयका पूर्व उपकुलपति समेत रहेका डा वैद्य पुनः अध्यक्षतामा निर्बाचित भएका हुन् ।
निर्वाचित हुन अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्षमा नेपालका लागि चीनका पूर्ब राजदूत रोजेश्वर आचार्य, महासचिबमा बाबुराम आचार्य, कोषाध्यक्षमा स्वर्गीय शिरोमणि आचार्यकी नातिनी समेत रहेकी कञ्चन शर्मा आचार्य र सदस्यहरुमा प्रा डा शुरेन्द्र केसी, उद्योगपति एबम् पुर्ब साँसद कृष्ण प्रसाद आचार्य, प्राडा मीना ओझा रहेका छन् ।
पुनः ३ बर्षका लागि अध्यक्षमा निर्बाचित भएपछि प्रा।डा। केसीले ईतिहास शिरोमणि बाबुराम आचार्यले मुलुकमा पुर्याएको योगथदानको कदर गर्न मुखले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताउँदै आवश्यक परे सरकार लगायत सबै निकायसंग सहकार्य गर्न ढोका ढक्ढकाउन जाने बताए ।
महासचिब बाबुराम आचार्यको आगामी बर्षको कार्यक्रम सर्बैसम्मतिले पास गर्नुका साथै कोषाध्यक्ष कञ्चन शर्मा आचार्यको आर्थिक प्रतिबेदन समेत पास गरिएको थियो ।