arrow

विपी कोइरालाको शालिक निर्माण सुरु

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
BP_salik_1.JPG

दाङ । दाङको घोराहीमा महामानव विपी कोइरालाको शालिक निर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम घोराहीमा विपीको शालिक निर्माण गर्न सुरु गरिएको हो । 

नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखि पश्चीमतर्फको चोकमा विपीको शालिक निर्माण सुरु गरेको हो । सोमवारदेखि शालिक निर्माणको कार्य सुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । 

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले शालिक निर्माणको संयोजन गरेको छ । करिब १७ लाखको लागतमा शालिक पूर्ण रुपमा तयार गरिने क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिए । 

मंसीर मसान्तसम्म निर्माण सकिने पनि उनले बताए । २०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माणका लागि बोर्ड बैठकले निर्णय गरेको थियो ।

जसको २०७१ साल साउन ६ गते नेपाली कांग्रेसका प्रभावशाली नेता स्व.खुमबहादुर खड्काले शिलन्यास गरेका थिए । शालिक निर्माणका लागि सहयोग गर्न सम्पूर्णमा कांग्रेस दाङले अनुरोध गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ