arrow

नाइट क्लबमा विष्फोट, कम्तीमा १० को मृत्यु

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
sudan.jpg

काठमाडौं । दक्षिण सुडानको पश्चिमी यम्बाओ सहरमा रहेको एक नाइट क्लबमा भएको विष्फोटमा परी कम्तीमा १० जना मानिसहरुको ज्यान गएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

सोमबार प्रहरीले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको छ । घाइतेहरुको स्थानीय अपस्तालमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

गत शुक्रबार स्थानीय समयअनुसार रातको ११ बजे विष्फोट भएको थियो । शुक्रबार उक्त क्लबमा ५०० मानिसहरु नाचिरहेको अवस्थामा यो आक्रमण भएको थियो । आक्रमणमा परी चार जनाको ज्यान घटनास्थलमै ज्यान गएको थियो । 

प्रहरीले उक्त आक्रमण अहिले मुलुकमा जारी रहेको गृहयुद्धको क्रममा भने नभएको बताएको छ । सन् २०१३ यता दक्षिण गृहयुद्धको मारमा रहेको छ ।  

युद्ध सुरु भएयता सुडानमा १ लाख ९० हजार मानिसहरुको ज्यान गएको अनुमान गरिएको छ । गत महिना भएको एक सम्झौतापछि भने सुडानको युद्ध समाप्त हुने अपेक्षा गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ