arrow

आफन्तको दाहसंस्कार गरेर फर्केको जीप दुर्घटना, १३ घाइते, ६ गम्भीर

logo
घनश्याम पौडेल
प्रकाशित २०७५ असोज १६ मंगलबार
accident-final.jpeg

अर्घाखाँची । जिल्लाको सितगंगा नगरपालिका वडा नं २ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना हुदाँ १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

देउरालीयातायात व्यबसायी समितीको लु १ ज २३६९ नम्बरको जिप मंगलबार बिहान ४ बजे दुर्घटनामा परेको छ । जिल्लाको मालारानी ६ हंशपुर काफलठुँटा सिदुरेबाट नवलपरासीको त्रिबेणिमा दाहसंस्कार गरि फर्कने क्रममा उक्त दुर्घटना भएको हो । 

घाईतेहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ ।

 घाईते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको बताईएको छ  । यसरी घाईते हुनेहरुमा बर्ष ३६  बिकाश केसी ,बर्ष २८ बालकृष्ण शाह ,बर्ष २७ का सुरज पुन बर्ष ४८ का उदय पुन ,बर्ष ४५ का शिव बहादुर घर्तिमगर र बर्ष ४८ का बोम बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालयका ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । 

सामान्य घाईते हुनेहरुमा यज्ञ बहादुर पुन ,टिकाराम पुन ,नर बहादुर पुन ,भोबिश पुन ,अर्जुन पुन ,ज्ञान बहादुर पुन र  नारायण अधिकारी रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ