arrow

निर्मला हत्याकाण्डमा सरकारलाई दवाव दिन नेबिसंघले गर्यो एक दिने कञ्चनपुर बन्द

दशैं मनाउन भारतबाट फर्केकालाई सास्ती

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज १६ मंगलबार
yatru1.jpg

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारा पत्तालगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मंगलवार नेपाल विद्यार्थि संघले कञ्चनपुर जिल्ला वन्द गराए पछि जनजिवन प्रभावित बन्न पुगेको छ  ।

बलात्कार र हत्याकाण्डको २ महिना भन्दा वढि समय वितिसक्दा समेत निर्मलाका हत्यारा कानुनी कठघरामा नआएको र उच्व स्तरिय छानविन समितिले निर्मला बलात्कार पछि हत्या वारे तयार पारेको प्रतिवेदन समेत सरकारले सार्वजनिक नगरेको भन्दै नेबिसंघ कञ्चनपुरले बन्द गराएको हो । 

सरकारलाई दवाव सिर्जनाका लागि १ दिने कञ्चनपुर बन्द गरिएको नेपाल विद्यार्थि संघ कञ्चनपुरले जनाएको छ ।

छानबिन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वितिसक्दा समेत सार्वजनीक नगर्दा वास्तविक दोशिलाई वचाउने चलखेल भईरहेको भन्दै नेपाल विद्यार्थि संघले ले आपत्ती जनाएको छ ।

विहानै देखि जिल्लाका अधिकांश वजार, यातायात, कलकारखाना लगायत शैक्षिक संंस्था समेत बन्द भएका छन्् । 

नेबिसंघले गराएको बन्दका कारण यातायात सुचारु हुन नसक्दा रोजगारीका लागी भारत गएका र दशैका लागी भारतवाट घर फर्किरहेका हजारौ यात्रुहरु अलपत्र परेका छन् भने उनीहरु महेन्द्रनगर बसपार्कमै बस्न वाध्य भएका छन् । केहि यात्रुहरु भने हिडेरै गन्तव्य जान थालेका छन् । 

निर्मलाहत्याको विरोधमा कञ्चनपुरमा दैनिकजसो आन्दोलन भईरहेको छ । गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलापारी उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ