arrow

चीनको ऋणबाट पाकिस्तान सशंकित, ‘सिल्क रोड’ योजनामा २ अर्ब डलरको कटौती 

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
pakistan-china.jpg

काठमाडौं । पाकिस्तानको कराँचीदेखि पेशावरसम्म जोड्ने रेलको योजना चीनको सबैभन्दा ठुलो ‘बेल्ट एण्ड रोड’ योजनाको एक हो । यद्यपि यो योजनामा पाकिस्तानको उत्साहमा पछिल्लो समय केही कमी आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको अर्थतन्त्र ऋणमा डुबेको भन्दै यसामा २ अर्ब डलरको खर्चम कटौती गर्ने निर्णय गरेका छन् । चीनले पाकिस्तानलाई यो योजनाको लागि आठ अर्ब २० करोड डलरको ऋण दिएको छ । जसको कारण अहिले इमरान खानको सरकार यसको लागत र आर्थिक शर्तहरुको कारण समस्यामा देखिएको छ । 

पाकिस्तानका रेलमन्त्री शेख रसीदले सोमबार यो योजनाको खर्च कटौती गर्ने निर्णय गरिएकोजानकारी दिएका हुन् । उनले सोमबार एक समारोहमा बोल्दै पाकिस्तान यति धेरै ऋणको भार उठाउन नसक्ने बताए । यसको लागि चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी)को योजनाको २ अर्ब डलरको खर्च कटौती गरिने उनले बताए । यद्यपि उनले कराँची–पेशावर लाइनको लागि अहिले पनि पाकिस्तान प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

यद्यपि पाकिस्तान आफ्नो अर्थव्यवस्थालाई मध्यनजर गर्दै उक्त योजनाहरुको खर्चमा कटौती गर्ने पक्षमा रहेको बताइएको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री खानले बढ्दो ऋणको विषयलाई लिएर चिन्ता व्यक्त गरेका थिए । उनले मुलुक विदेशी ऋणबाट मुक्त हुनुपर्ने बताएका थिए । 

केही समयअघि पाकिस्तानी प्रधानमन्त्रीले आफूहरु पाकिस्तानको अर्थतन्त्रमा धेरै जोखिम नहुने किसमको मोडलमा काम गरिरहेको बताएका थिए । पाकिस्तानी नयाँ सरकारले बीआरआईको योजनामा पुनर्विचार गर्नुपर्ने पक्षमा रहेको छ । अधिकारीहरुले यो सम्झौता सही ढङ्गले नभएको अरोप लगाउँदै आएका छन् । 

पाकिस्तानी अधिकारीहरुले यो सम्झौता पाकिस्तानको पक्षमा र चीनको पक्षमा धेरै ढल्किएको बताएका छनु । चिनियाँ विदेशमन्त्रालयले यस विषयमा एक विज्ञप्ति जारी गर्दै दुई मुलुकहरुको बीचमा बीआरआई प्रोजेक्टस्लाई अगाडि बढाउने मामिलामा अगाडि बढिसकेको र यष्सका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै आएको छ । पाकिस्तानी अधिकारीहरुले चीनको लगानीमा आफूहरु पनि प्रतिबद्ध रहेको तर यो योजनाको मूल्यको विषयमा पुनः एकपटक वार्ता गर्ने आफूहरुको इच्छा रहेको बताएका छन् । 

पाकिस्तानका लागि चिनिया राजदूत याओ जिङले समाचार एजेन्सी रोएटर्ससँग कुरा गर्दै चीन पाकिस्तानको यस किसिमको योजनाप्रति निकै सकारात्मक रहेको बताएका छन् । उनले एजेण्डाअनुसार नै काम हुने तर यसको मोडल र भविष्यको विषयमा भने वार्ता गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् ।

इमरान खानको सरकारले सीपीईसी योजनामा १८७२ किलोमिटरको रेलमार्ग बनाउँदै यातायातको व्यवस्था सहज बनाइने बताएका छन् । यो रेलमार्गको योजना चिनियाँ राष्ट्रपति सिन चिनफिङको महत्वाकांक्षी बेल्ट एण्ड रोड योजनाको एक महत्वपूर्ण हिस्सा हो । जसमा आधारित रहेर चीनले पाकिस्तानमा ६० अर्ब डलरको लगानी गर्दै केही योजनाहरु पूरा गर्ने दिशामा अघि बढिरहेको छ । साथै यो रेलमार्ग अफगानिस्तानको सीमासम्म पुग्नेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ