काठमाडाैं । मंगलबार नेपालस्थित भारतीय राजदूतावासमा महात्मा गान्धीको १५० अाैं जन्मजयन्ती मनाइएको छ । भारतीय राजदूत मनजीत सिंह पुरीले यस डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकाल परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरे ।
उत्त अवसरमा यस संस्थाका अध्यक्ष डा.तुलसीप्रसाद भट्टराई, वोर्ड समितिका सदस्य इन्दिरा दली, शिक्षा मन्त्रालयका प्रतिनिधि यादवचन्द्र निरैला, संस्थाका सदस्य सचिव भोलाकुमार श्रेष्ठ लगायतले महात्मा गान्धी एवं डा.डिल्लीरमण रेग्मीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेका थिए ।
राजदूत पुरीले महात्मा गान्धी भारतका मात्रै नभई विश्वकै महान नेता भएको बताए । गान्धीमा अहिंसाका माध्यमबाट जनतामा जागरण ल्याउन सक्ने शक्ति रहेको उनले उल्लेख गरे ।
आज नेपाल लगायत विश्वका धेरै देशहरुमा गान्धीवाद र गान्धीदर्शनको प्रभाव परेको बताउँदै आगामी दिनमा गान्धीको बारेमा कार्यक्रम आयोजना गरिने उनले बताए ।