arrow

खोलामा नुहाउन गएका ट्रकका सहचालक राना बेपत्ता

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
water-kill.jpg

मेलम्ची ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् ।  सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले बगाएको हो ।

निजको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवक नवलपरासीको गैंडाकोट नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ