काठमाडौं । काठमाडौंको दरवारमार्गमा अबैध रुपमा रुवि कारोबार गर्दे आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय परिसर काठमाडौको विषेश टोली गत आइतबार दरवारमार्गमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ६ थान अबैध रुवि फेला परेपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झोलामा लुकाई छिपाई राखेको रुविसहित झापा निवासी सन्तोष चादार, राष्ट्र वावु तामाङ्ग, ओखलढुङ्गा निवासी कुसान शेर्पा , सप्तरी निवासी भुवनेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व कार्यालय हरिहर भवन लगिएको छ ।