arrow

नेकपाको महिला सङ्गठनले बुझायो एकताको प्रतिवेदन

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौँ।  नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले एकताको प्रतिवेदन बुझाएका छन् ।

दुवै सङ्गठनले मंगलबार नेकपाको पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा ५५ सङ्घ र ४५ जना गरी सय जनाको केन्द्रीय कार्यसमिति गठन गरिएको सङ्घका अध्यक्ष गोमा देवकोटाले जानकारी गराइन् ।

यसैगरी सङ्गठनको नाम अखिल नेपाल महिला सङ्घ वा अखिल नेपाल महिला महासङ्घ वा अखिल नेपाल महिला महासङ्घ (क्रान्तिकारी) नाम प्रस्ताव गरिएको छ । नेतृत्वमा पनि दुवै सङ्गठनले दावी गरेको हुनाले कसैका नाममा सहमति हुन सकेको छैन ।

नेकपाले पार्टी एकीकरण भएको तीन महीनाभित्र तल्ला तहको एकीकरण गर्ने भने तापनि इञ्जिनीयर र निर्माण व्यवसायीको मात्र एकीकरण भएको छ । भ्रातृ सङ्गठनको एकताका लागि कार्यदलसमेत विघटन भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ