arrow

घुस्याहा हबल्दार घुससहित पक्राउ

logo
प्रकाश मैनाली
प्रकाशित २०७५ असोज १७ बुधबार
handcuffs-1.jpeg

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस रकमसहित एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत हबल्दार नरुल अन्सारीलाई घुस बापत लिएको ३० हजार नगदसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

भारतीय सीमा बजारबाट विभिन्न सामान आयात गर्नका लागि लाइन मिलाई दिने भन्दै एक व्यापारीसँग हबल्दार अन्सारीले घुस बापत उक्त रकम लिएको बताईएको छ।

 विशेष सूचनाका आधारमा अख्तियारको बर्दीबासस्थित कार्यालयबाट खटिएको टोलीले सदरमुकाम मलंगवास्थित टावर चोकबाट दिउँसो हबल्दार अन्सारीलाई नियन्त्रणमा लिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ