डोटी । समाज कति क्रुर हुँदै गइरहेको भन्ने उदाहरण डोटीमा सोमबार भएको एक घटनाले प्रमाणित गरेको छ । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।
छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा उनलाई समाजकै एक व्यक्तिले बलात्कार गरेका थिए । बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।
पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।