arrow

विवेकशील साझा पार्टीको भेला

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
bibeksheel-sajha-party.png

झापा । विवेकशील साझा पार्टी अहिले देश दौडाहामा छ । जिल्लामा आफ्नो पकड बलियो बनाउन विवेकशील लागिरहेको छ । यसै अवसरमा झापाको विशेष जिल्ला भेला शुक्रबार (असोज १९ गते) हुने भएको छ । 

सन्तोष घिमिरेले दिएको जानकारी अनुसार बिर्तामोडको रेयुकाइ भवनमा दिउँसो १ बजे कार्यक्रम हुनेछ । 

उक्त भेलामा झापा जिल्लाको जिल्ला तदर्थ समिती गठन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र प्रभावकारी तवरले संगठन बिस्तार कसरी गर्ने र गराउने सम्बन्धी एजेन्डा रहेको बताइएको छ । 

विवेकशीलले झापा जिल्ला निवासी सम्पूर्ण विवेकशील साझा पार्टीका सदस्य, समर्थक र शुभेच्छुकलाई सहभागीता जनाउन पनि आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ