arrow

निर्वाचनअघि माल्दिभ्सका राष्ट्रपतिको खातामा कहाँबाट आयो १५ लाख डलर ? 

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
yamin.jpg

काठमाडौं। माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले निर्वाचनभन्दा पहिला १५ लाख अमेरिकी डलरबराबरको रकम पाएको खुलेको छ। माल्दिभ्सको आधिकारिक वित्तीय संस्थाले प्रहरीलाई यस्तो जानकारी दिएको हो। सेप्टेम्बर २३ मा भएको निर्वाचनमा पराजित भएका यामिनले निर्वाचनभन्दा पहिला दुई निजी बैंकहरुबाट सो रकम पाएको विवरणमा देखिएको छ। 

पर्यटनको हिसाबमा निकै महत्वपूर्ण रहेको माल्दिभ्समा यामिनमाथि भष्ट्राचार तथा शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। आर्थिक गुप्तचर एकाइ (एफआईयू)ले सार्वजनिक गरेको विवरणअनुसार गत सेप्टेम्बर ५ मा यामिनको खातामा ६ लाख ४८ हजार डलर जम्मा भएको थियो भने सेप्टेम्बर १० मा ८ लाख १० हजार डलर जम्मा भएको थियो।

बैंकलाई यसको स्रोतको विषयमा सोध्दा उक्त रकम निजी कम्पनीहरुको अनुदानबाट आएको बताएको छ। जसमा धेरै रकम निर्वाचनको लागि खर्च गरिएको थियो। यो विषयमा जानकारी दिन माल्दिभ्सको प्रहरी प्रवक्ता अहमद सिफनले अस्वीकार गरेको अल जाजिराले बताएको छ। 

अहिले सार्वजनिक भएको विवरणले यामिनले माल्दिभ्सको निर्वाचनको नियमको उलंघन गरेको देखाएको छ। पूर्व निर्वाचन प्रमुखले अहिले दखिएको अवस्थाले यामिनले निर्वाचनको नियम पालना नगरेको देखिएको र उनीसँग अझै पनि उक्त रकमको स्रोत खुलाउने मौका रहेको बताएका छन्।

माल्दिभ्सको नियमअनुसार निर्वाचन सकिएको ३० दिनभित्र उम्मेदवारले आफूले पाएको पत्येक अनुदान तगा सहयोग खुलाउनुपर्ने व्यवस्था रहेको छ। यामिनका प्रवक्ता इब्राहिम मुयाज अलिले कुनै नियम उलंघन नगरिएको बताएका छन्। नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले यसअघि यामिनमाथि लागेको भ्रष्टाचारको विषयमा पनि छानबिन हुनुपर्ने बताएका छन्। 

यामिन चीननिकट नेता मानिन्छन् । उनको पालामा माल्दिभ्स र चीनको सम्बन्धमा उल्लेख्य सुधार आएको थियो । यो निर्वाचनमा चीनले यामिन जिताउन हरसम्भव प्रयास गर्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताउँदै आएका थिए । यद्यपि उनी निर्वाचनमा विपक्षी नेतासँग पराजित भएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ