arrow

पाल्पाको बराङदीमा मलामी लिएर जादैं गरेको जीप दुर्घटना, ६ घाइते (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १७ बुधबार
palpa-ac.jpg

पाल्पा । बगानसकाली गाउँपालिका  ८ बराङदीमा जीप दुर्घटना भएको छ ।  मलामी लिएर राम्दी तर्फ जाँदै गरेको  लु.१ ज २०५० नम्वरको जीप  बुधबार विहान दुर्घटना भएको हो ।

दुर्घटनामा बगनासकाली गाउँपालिका  ८, बराङदीका ४५ वर्षका चालक टोपराज बस्याल सहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका बराङदीकी ३८ वर्षकी  सिता घिमिरे, ३० वर्षका कालिराज घिमिरे, ३७ वर्षका भरत घिमिरे, १२ वर्षका किरण घिमिरे र ४५ वर्षका लक्ष्मण घिमिरे रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।  

घाइते चालक बस्यालको अवस्था मध्यम रहेको र अन्यको सामान्य रहेको  प्रहरीले जनाएको छ । घाइतेहरुको  मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ