पाल्पाको बराङदीमा मलामी लिएर जादैं गरेको जीप दुर्घटना, ६ घाइते (अपडेट)
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १७ बुधबार
602
Shares
पाल्पा । बगानसकाली गाउँपालिका ८ बराङदीमा जीप दुर्घटना भएको छ । मलामी लिएर राम्दी तर्फ जाँदै गरेको लु.१ ज २०५० नम्वरको जीप बुधबार विहान दुर्घटना भएको हो ।
दुर्घटनामा बगनासकाली गाउँपालिका ८, बराङदीका ४५ वर्षका चालक टोपराज बस्याल सहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका बराङदीकी ३८ वर्षकी सिता घिमिरे, ३० वर्षका कालिराज घिमिरे, ३७ वर्षका भरत घिमिरे, १२ वर्षका किरण घिमिरे र ४५ वर्षका लक्ष्मण घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
घाइते चालक बस्यालको अवस्था मध्यम रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।