arrow

ट्रम्पमाथि कर छलीको आरोप 

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकाको प्रमुख समाचारपत्र न्युयोर्क टाइम्सले डोनाल्ड ट्रम्पले कर छली गरेको आरोप लगाएको छ । उनले कर छली गरेर आफ्ना पिताको अर्बौंको रकम हासिल गरेको विवरणमा दाबी गरिएको छ । 

ट्रम्पले आफ्ना पिता फ्रेड सि ट्रम्पको अर्बौंको सम्पत्ति हासिल गरेको विवरणमा उल्लेख गरिएको छ । सन् २०१६ को अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले आफू आफ्नै बुतामा अर्बपति बनेको बताएका थिए । साथै उनले आफ्ना पिताबाट कुनै किसिसमको आर्थिक सहयोग नलिएको दाबी गरेका थिए । 

न्युयोर्क टाइम्सले दाबी गरेअनुसार गोप्य कर फिर्ताको सबै विवरणहरु तथा आर्थिक विवरणको आधारमा ट्रम्पले आफ्ना पिताबाट अहिलेको मूल्यअनुसार ४१ करोड ३० लाख डलर सम्पत्ति पाएका थिए । 

ट्रम्पले आफ्ना बाबुलाई कर छलीमा सहयोग गरेकोमा सो रकम पाएको न्युयोर्क टाइम्सको विवरणमा उल्लेख गरिएको छ । विवरणमा ट्रम्पले बाबुको कर छलीको सम्पत्ति लुकाउनका लागि फर्जी कम्पनी स्थापना गरेको उल्लेख छ । त्यसका लागि उनले आफ्ना भाइबहिनीहरुको सहयोग लिएको बताइएको छ । बाबुकै सम्पत्तिबाट उनको कम्पनीमा पनि व्यापक मात्रामा स्तरोन्नति भएको विवरणमा बताइएको छ । 

राष्ट्रपति कार्यालयले भने न्युयोर्क टाइम्सको यो विवरणमा निराशा व्यक्त गर्दै न्युयोर्क टाइम्सलाई माफी माग्न आग्रह गरेको छ । ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले न्युयोर्क टाइम्सको यो विवरण भ्रामक तथा आधारहीन रहेको बताए । उनले केही देशक अगाडि इन्टरनेट राजस्व सेवाले यो लेनदेनको समीक्षा गरेर यसमा हस्ताक्षर पनि गरेको उल्लेख गरे । 

राष्ट्रपति कार्यालयले न्युयोर्क टाइम्स यस किसिमको विवरणको मानिसहरुको नजरमा निकै तल्लो स्तरमा पुगेको बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ