निर्मलाको हत्यारा निर्धक्क घुमिरहदा सरकार कानमा तेल हालेर सुतेको भन्दै कैलालीका बालिका विद्यार्थी सडकमा (तस्विर सहित)
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ असोज १७ बुधबार
494
Shares
कञ्चनपुर । सुदुरपश्चिमको कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ताा लगाउन सकेको छैन । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका छन ।
हत्यामा संलग्नलाई कारबाहिको साटो सरकार अपराधी बचाउमा लागीरहेको भन्दै दोषिलाई कारबाहिको माग सहित लम्कीचुहा नगरपालिका अन्तरगत बिभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पुर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करीब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।
विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् । सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तीवाट आईरहेका अभिव्यक्तीले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफुहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय वढ्दै गरेका वलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको वताएए । आफुहरुको एक मात्र चाहा निर्मला पन्त र उनि जस्तै वलात्कार भएका चेलीहरुले न्याय पाउनु पर्ने भन्दै उनिहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
हत्यार आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भए पनी सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको वालिकाहरुको भनाई थियो । सरकारको यस्तो कदमले देशमा सरकार छ की छैन भन्ने अभाष भएको वलीकाहरुको भनाई थियो ।
यस्ता गतिविधिले आफुहरुले समाजमा शिर निहुराएर हिडिरहनु परेको भन्दै यसको अन्त्यका लागी कुनै पनी हालतमा निर्मला पन्तका हत्यारा लाई कारबाहि गरेरै छाड्नु पर्ने उनिहरुको भनाई रहेको छ । निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य वलात्कार र हत्या का घटना वढीरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहान मिलिरहेको वलिकाहरुको भनाई थियो ।
निर्मला पन्तको वलात्कारपछी हत्या भएको ६४ दिन वितिसक्दा पनी सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । घटनको अनुसन्धान गरीरहेको प्रहरीले समेत हत्याकाण्डको ठोस प्रमाण अहिले सम्म फेरा नपरेको र अनुसन्धान जारी रहेको वताउदै आएको छ । हत्यारालाई तत्काल प्रक्राउ गरी कारबाहि गर्न माग गर्दे देश व्यापी आन्दोलन भइरहेको छ ।