arrow

बुटवलको बजारमा ‘नक्कली’ घ्यू

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १७ बुधबार
ghee.jpg

बुटवल ।  चाडपर्वको मुखमा भएको अनुगमनले बजारमा बिक्री गरेको नक्कली घ्यू फेला पारेको छ। खाद्य तथा गुण नियन्त्रण कार्यालय र प्रशासन कार्यालय रूपन्देहीको टोलीले अनुगनमा गर्दा बुटवलको बजारमा नक्कली घ्यू भेटिएको छ। बुटवलमा विभिन्न होलसेल तथा खुद्रा पसलहरूमा अनुगन गर्दा विभिन्न बान्डका नक्कली घ्यू भेटिएका छन्।

बुटवलको अमरपथ कृष्ण कनैया स्टोरमा, हाटबजार लाइनमा रहेको थापा गेडागुडी किराना स्टोर, न्यू कृष्ण किराना स्टोरमा वीरगञ्जमा रहेको डेरीफेस उद्योगद्वारा उत्पादन भएका, बालजी, नेचर फ्रेस, गोबर्दन, एमजीलगायतका बान्डको नक्कली घ्यूहरू भेटिएका हुन्। ती घ्यूहरूमा विभिन्न मिसाबट भएको पाइएको छ।

यस्तै कृष्ण कनैया स्टोरमा म्याद सकिएका भुजा, कुरकुरे, सस आदि भेटिएका छन्। उक्त स्टोरमा बन्जाडे उद्योग कपिलवस्तुले उत्पदान गरेका २१० प्याकेट कुरकुरेमा मिति उल्लेख थिए।

यस्तै फेमस भुजा उद्योग बुटवलद्वारा उत्पादित भुजाको म्याद गुज्रिएका थिए। रम्भा सस उद्योग तिलोत्तमाको सम पनि मिति सकिएको थियो।

ती सबै सामानहरू नष्ट गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवण कुमार ढुङ्गानाले बताए।
नक्कली घ्यू बेच्चेहरूलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए। दशैं नजिकिँदै जाँदा नक्कली घ्यूको बिक्री पसलेहरूले बढाएका हुन्।

गुण नियन्त्रण कार्यालयमा खाद्य निरीक्षक दुङ्गानाले बजार अनुगमनलाई तीव्रता दिने बताए। यस्तै अनुगमन टोलीले प्रसिद्ध पानी उद्योगमा पनि सिल गरेको छ।

प्रसिद्ध पानी उद्योगले बोटलमा बुटवल कालिकानगर ठेगाना लेखे पनि उद्योग तिलोत्तमा नगरपालिको मणिग्राण रहेको छ। उक्त उद्योगका पानीमा नयाँ मापदण्डअनुसार बोटलको बिर्को नपाएको कारण उद्योग सिल गरिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ