काठमाडौंको गोठाटारमा ‘बालक अपहरण’, दुई वृद्ध महिलाले प्रहरीलाई दिए खबर
प्रकाशित २०७५ असोज १७ बुधबार
314
Shares
काठमाडौ । काठमाडौंको गोठाटारमा एक बालक अपहरणमा परेको जानकारी प्रहरीमा आएपछि प्रहरीलाई पत्ता लगाउनै हैरान भएको छ । काँडाघारी प्रभागका अनुसार दुई जना वृद्ध महिलाले एउटा गाडीमा बालक रोएको आवाज सुनेपछि प्रहरीमा फोन आएको थियो ।
लगत्तै प्रहरीले सीसीटिभी फुटेज जाँच गर्न थालेको छ । तर, प्राविधिक टोली समयमा नआएका कारण अपहरणबारे यकिन विवरण आउन सकेको छैन । याेसँगै बाक्लाे रुपमा प्रहरी परीचालन गरिएकाे छ ।
स्थानीयले भने ८ वर्षीय बालक अपहरणमा परेको भनेका छन् । तेज विनायक विद्यालयमा नजिकैबाट एउटा गाडीमा बालक रोइरहेको आवाज आएको ती महिलाले प्रहरीलाई बताएका छन् । बालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले बताएका छन् ।
बालक अपहरणमा परेको जानकारी आएको छ, उनले भने, ‘अपहरण नै हो कि के हो भन्नेबारे हामी बुझिरहेका छौँ । बालकको ठेगाना खुलेको छैन । तीन जनाको समूहमा रहेका नचिनिएका व्यक्तिले बालक लगेको जानकारी प्रहरीलाई आएको छ ।