arrow

मलामी बोकेको जीप दुर्घटना : ५ जना फर्किए घर, चालकलाई काठमाडौं रिफर (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १७ बुधबार
palpa-ac.jpg

पाल्पा । बगानसकाली गाउँपालिका  ८ बराङदीमा जीप दुर्घटना भएको छ ।  मलामी लिएर राम्दी तर्फ जाँदै गरेको  लु.१ ज २०५० नम्वरको जीप  बुधबार विहान दुर्घटना भएको हो ।

 जीप अनियन्त्रीत भई सडक देखि ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  दुर्घटनामा बगनासकाली गाउँपालिका  ८, बराङदीका ४५ वर्षका चालक टोपराज बस्याल सहित छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका बराङदीकी ३८ वर्षकी  सिता घिमिरे, ३० वर्षका कालिराज घिमिरे, ३७ वर्षका भरत घिमिरे, १२ वर्षका किरण घिमिरे र ४५ वर्षका लक्ष्मण घिमिरे रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

घाइते चालक बस्यालको  थप उपचारका लागि किर्तीपुर अस्पताल काठमाडौं रिफर गरिएको र अन्यको मिसन अस्पतालमा सामान्य उपचार पछि बुधबार नै घर फर्किएको अस्पताले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ