मलामी बोकेको जीप दुर्घटना : ५ जना फर्किए घर, चालकलाई काठमाडौं रिफर (अपडेट)
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १७ बुधबार
376
Shares
पाल्पा । बगानसकाली गाउँपालिका ८ बराङदीमा जीप दुर्घटना भएको छ । मलामी लिएर राम्दी तर्फ जाँदै गरेको लु.१ ज २०५० नम्वरको जीप बुधबार विहान दुर्घटना भएको हो ।
जीप अनियन्त्रीत भई सडक देखि ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा बगनासकाली गाउँपालिका ८, बराङदीका ४५ वर्षका चालक टोपराज बस्याल सहित छ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका बराङदीकी ३८ वर्षकी सिता घिमिरे, ३० वर्षका कालिराज घिमिरे, ३७ वर्षका भरत घिमिरे, १२ वर्षका किरण घिमिरे र ४५ वर्षका लक्ष्मण घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
घाइते चालक बस्यालको थप उपचारका लागि किर्तीपुर अस्पताल काठमाडौं रिफर गरिएको र अन्यको मिसन अस्पतालमा सामान्य उपचार पछि बुधबार नै घर फर्किएको अस्पताले जनाएको छ ।