arrow

माछा मार्न गएका ठाडाको खोलामा डुवेर मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज १७ बुधबार
water-kill.jpg

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा एक युवाको पानीमा डुबेर मृत्यु भएको छ  ।

बुधबार माछा मार्न गएका रम्भा गाउँपालिका ५ फुरुङदीका ४९ वर्षका नामबहादुर ठाडाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पूर्वखोलामा माछा मार्ने क्रममा ढुङ्गमा चिप्ली पानीमा डुबेर मृत्यु भएको हो । ठाडा मृर्गी रोगी भएकाले खोलामा लडी निस्कन नसकेपछि उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ