arrow

चाडपर्वको मुखमा स्थानीय तहले थाले सडक मर्मत

logo
जीवन शर्मा,
प्रकाशित २०७५ असोज १७ बुधबार
okhaldhunga-road.JPG

ओखलढुंगा । विजया दशमी तथा दिपावली नजिकिदै गर्दा जिल्लाका सबै स्थानीय तहहरुले गाउँपालिका तथा वडाका सडकहरुलाई मर्मत गर्ने थालेका छन् । वर्षातको समयमा भलबाढिले भत्काएका सडकहरुमा मर्मतको कार्य  थालेका हुन् । स्थानीय सरकारले गरेको लगानीमा खनिएका प्राय सबै सडकहरु  बर्षामा अवरुद्ध भएपछि लामो समयदेखि ग्रामिण भेगमा सवारी चल्न सकेका थिएनन् ।

सडक मर्मतपछि गाँउपालिकाको केन्द्रसम्म सवारी सञ्चालनमा ल्याएर दशैंमा घर आउने स्थानीयलाइ सहजता ल्याएको चम्पादेवी गाउपालिकाका अध्यक्ष नवराज केसीले बताए । गाउदेखि सिधै  काठमाडौंसम्म सवारी सञ्चालनमा ल्याइसकिएको केसीले बताए । एक हप्ता भित्रै धेरै सडकहरु मर्मत भएका र केही दिन भित्रै गाउपालिका भित्रका सबै सडक सुधार गर्ने लक्ष राखिएको उनको भनाइ छ ।

चम्पादेवी गाँउपालिका केन्द्रसम्म यातायात सञ्चालन भएपछि स्थानीयहरुलाइ यात्रामा सजिलो भएको स्थानीय सुजन पौडेलले बताए । त्यस्तै गाउदेखि शहरसम्म सिधा सवारी सुचारु गराउने उद्देश्यले लिखु गाउँपालिकामा सडक मर्मतको कार्यलाई तिब्रता दिईएको गाँउपालिकाले जनाएको छ  ।

 गाउँपालिकामा भएको सडक मर्मतको प्रगती लाइलाइ  गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रत्येक्ष निरगानी गरिरहेको जनप्रतिनिधिहरुले बताए । सडक मर्मतको कार्य सम्पन्न भए सगै चाडै नै काठमाण्डौं देखी लिखु गाउँपालिका सदरमुकामसम्म यातायातका सुचारु गर्ने तयारी भै रहेको लिखु गाउपालिका उप प्रमुख शान्ता ढुंगेलले जानकारी दिइन् । दशैंको समयमा सडकलाई विना अबरोध सुचारु गर्न सबै स्थानीय तहका वडाहरुमा सडक मर्मतको कार्य लागिरहेको बताउछन् ।

दसैं आउनै लाग्दा ओखलढुंगाका स्थानीय सरकारहरु सडकमा केन्द्रीत देखिएका छन् । बर्षमा विग्रीएका आन्तरिक सडक मर्मत सुधार गरेर नागरिकलाइ सहज सेवा दिने उद्देश्यका साथ आफुले केही दिन देखि सडक मर्मत गर्ने काममा व्यस्त रहेको चिशंखुगढी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष गंगा श्रेष्ठले बताए । उनका अनुसार गाउपालिकाका प्राय सबै वडाले सडक मर्मतको काम गरिरहेका छन् ।

जनप्रतिनिधिहरुले चुनावमा मात्र नागरिक लाइ सजह सेवा दिने बचन दिने गरेको गुनासो गाउ समाजबाट आउन थालेपछि  जनप्रतिनिधिहरु अहिले सडक मर्मतमा केन्द्रीत भएको स्थानीयहरु बताउछन् ।

अघिल्ला बर्षहरुमा दशैको मौका छोपी गाउगाउमा सवारी सञ्चालन गर्ने र यातायात व्यवसायिहरुले मनोमानी गर्ने प्रचलन लाइ निरुत्साहित गर्ने कतिपय गाउपालिकाले जनाएका छन् ।उदै यातायात व्यवसायिले गर्ने मनोपोली लाइ रोक्नकै लागि आफुले सडक मर्मत गरेर अहिले देखिनै सवारी सुचारु गर्न लागिएको चम्पादेवी गाउपालिका वडा नम्बर ८ का अध्यक्ष अजय लुइटेलले बताए । गाउपालिका आउने जाने यात्रुहरु अहिले सडककै कारण देखाएर ठगीनु र दुख पाउनु नपर्ने वातावरण बनाउन लागिएको लुइटेलको भनाइ छ ।

 चाडपर्वको समयमा यात्रुहरु संगै अत्यावश्यकीय सामाग्री ढुवानीमा सहजता ल्याउनका लागि सडक मर्मत गरी नियमित सञ्चालनमा ल्याउने प्रयास भैरहेको चिशंगुगढी गाउपालिकाका अध्य निशान्त शर्माले बताए । सडक मर्मत पश्चात मंगलबार काठमाण्डौं देखी चम्पादेवी गाउँपालिकाको वडा नं. ८ सम्म अरनिको यातायातको गाडी पुगेको छ ।

त्यस्तै गरी खिजीदेम्वाको केन्द्र खिजी फलाटेमा यस अघि नै स्थानीय तहको पहलमा गाडी पुगी सकेको गापालिका प्रमुख वेदबहादुर रोक्काले बताए ।  ओखलढुंगाका आठ वटै स्थानीय तहले गत बर्षको बजेट प्राय  सडकमै लगानी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ