अवैध नगदसहित भारतीय र नेपाली नागरिक बुटवलबाट पक्राउ
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १८ बिहिबार
198
Shares
बुटवल। रुपन्देहीको बुटवलस्थित होटलमा बास बसेको ३ जना अवैध नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको हो ।
नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाई होटलबाटै पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटबलका प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लले बताए।
विषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरि अनुसन्धानको लागि राखिएको बताएका छन ।पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् ।
मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बांके नेपालगंजका हुन् ।