arrow

अमेरिका विना साउदी राजा २ साता पनि टिक्दैनन् : ट्रम्प

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
trump.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाको राजा अमेरिकाको सहयोग विना २ साता पनि नटिक्ने बताएका छन् । पछिल्लो समय बढ्दो तेलको मूल्यलाई देखाउँदै ट्रम्पले साउदी अरेबियामाथि दबाब बढाएका हुन् । 

कच्चा तेलको मूल्य पछिल्लो चार वर्षयताको उच्च विन्दुमा पुगेसँगै अमेरिकाले पटकपटक साउदी अरेबियालगायतका मुलुकहरुलाई तेलको मूल्य कम गर्न आग्रह गर्दै आएको थियो । विश्लेषकहरुले भने तेलको मूल्य १०० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने बताएका छन् । 

विश्वको तेल उत्पादन पहिलाको तुलनामा बढेको छ भने इरानमाथि अमेरिकाले नाभेम्बरको सुरुवातदेखि प्रतिबन्धको तयारी गरिरहेको छ । यसअघि राष्ट्रपति निर्वाचनको क्रममा ट्रम्पले अमेरिकाले आफ्ना सहयोगी मुलुकहरुलाई दिइरहेको लामो समयदेखिएको सैन्य सहयोगको आलोचना गरेका थिए । उनले आफ्नो अभिव्यक्तिको क्रममा जापान र दक्षिण कोरियाको विषय पनि उठाएका थिए । 

उनले सम्बोधनको क्रममा आफ्नो सेनाले साउदी अरेबियाका राजालाई सुरक्षा दिइरहेको कारण सेनाको लागि साउदीले भुक्तानी दिनुपर्ने बताए । पछिल्लो केही समययता साउदी अरेबिया र अमेरिकाको बीचमा राम्रो सम्बन्ध चलिरहेको भए पनि पछिल्लो समय तेलको मूल्यमा देखिएको उल्लेख्य वृद्धिसँगै दुई मुलुकको बीचमा समस्या आएको हो । 

ब्रेन्ट कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलमा पुगेको छ । गत जुलाई महिनामा ट्रम्पले ट्वीट गर्दै साउदीले २० लाख ब्यारेलसम्म उत्पादन बढाउने बताएका थिए । अहिले साउदी अरेबियाले दैनिक १ करोड ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ । 

साउदीको अहिलेसम्मको सबैभन्दा उच्च उत्पादन १ करोड ७  लाख ब्यारेलको रहेको छ । आगामी नोभेम्बरमा अमेरिकामा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै ट्रम्प तेलको भाउ सस्तो बनाउने योजनामा रहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ