खेल्न गएका १२ वर्षीय पोख्रेलको बसको ठक्करबाट मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध
प्रकाशित २०७५ असोज १८ बिहिबार
338
Shares
दमौली । तनहुँमा बिहिबार बसको ठक्करले एक बालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको मृत्यु भएको हो ।
घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेलको बसको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।