arrow

भारतमा पेट्रोलियम पदार्थको मुल्य २ रुपैया ५० पैसाले घट्यो

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
indian-oil1.jpg

नयाँदिल्ली। भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन्। मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो। देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताए। त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन्। त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका हुन्।

उनका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मुल्य घट्न सक्नेछ। भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ