arrow

नेकपाभित्र आइजिपी हटाउने खेल, विद्यार्थीको प्रयोग, आपसमा विवाद

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
badal-nabina.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनाललाई हटाउने चलखेल सुरु भएको छ। खनाललाई हटाउन नेकपाले विद्यार्थीहरुलाई प्रयोग गरेको हो । 

अहिलेसम्म कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा कुनै आवाज नै ननिकालेका सत्तारुढ दलका विद्यार्थी संगठनहरु एकाएक त्यही मुद्दामा असफल भएको बहाना बनाउँदै आइजिपी हटाउन सक्रिय भएका हुन् । 

आइजिपी भएको छ महिना नपुग्दै विद्यार्थी संगठनहरु खनाललाई हटाउन प्रत्यक्ष रुपमै सक्रिय भएपछि विद्यार्थी नेताहरु बीच आपसमै विवाद मच्चिएको छ । विद्यार्थी संगठनका पदाधिकारीहरु संगठनको आधिकारिक धारणा नभएको भन्न थालेका हुन् । 

तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका थिए । 

उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र नै बुझाएका छन् ।  ‘जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’, भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

तर यसरी आइजिपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको हो । दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर आइजिपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन् । 

तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरका अनुसार संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्षद्धय एकल स्वार्थका आधारमा आइजिपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुगेका हुन् । 

महर यो विषयमा खरो भएर उत्रिएका छन् । उनले यही सरकारले नियुक्ति गरेको कर्मचारी हटाउनु भनेको सरकारको विकल्प खोज्नु भएको समेत बताएका छन् । 

तत्कालीन एमालेको विद्यार्थी संगठनमा मात्र होइन तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पनि विवाद छ । क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनले संगठनका कुनै पनि तहमा छलफल नभएकाले यस्ता विषय सरकारविरुद्ध भएको बताएका छन् । 

यसबाट स्पष्टै हुन्छ कि आफूलाई मन नपर्न बित्तिकै राजीनामा माग गर्ने । त्यसो त नबिना लामाको सबैभन्दा बढी रुची भएको स्पष्टै हुन्छ । 

लामाले अपराधी छुटाउन प्रयास गरेकामा त्यसमा साथ नदिएपछि आइजिपीलाई नै हटाउन लागिपरेको नेकपाका सांसदहरुले नै बताउन थालेका छन् । उनले काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई प्रहरीले पक्राउ गरेपछि छुटाउन खोजेकी थिइन् । 

परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगाएर सत्यमानलाई छाडिदिएका थिए। 

सत्यमान विगतमा रक्तचन्दन तस्करी संलग्न थिए । पछिल्लो समय उनी बुद्धचित्तको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ । 

सत्यमान सजिलै उम्किन पाएनन् । उनलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे। 

लगातार सत्यमानको पछि लागेकी नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन् ।

उनी सफल हुन सकिनन् । सत्यमान १७ दिन हिरासतमा रहे । निरन्तर गुण्डागर्दीमा लाग्दै आएको आरोप प्रहरीको छ । 

प्रहरीको भाषामा एउटा गुन्डालाई छोडाउन अटेर गरेको भन्दै नवीनाले आइजिपीलाई हटाउनेसम्मको खेल खेल्नु दुर्भाग्य भएको नेकपाका नेताहरुले भन्न थालेका छन् । 

एउटा प्रहरी प्रमुखलाई हटाउने खेलमा लाग्दा कतै सरकार यसरी चिप्लिने नै त हैन ? भन्ने प्रश्न पनि टड्कारो बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ