बर्दियामा भन्सार छली सामान ओसारपसार गर्ने ५ जना पक्राउ
मुरली गोडिया,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
468
Shares
बर्दिया । बर्दियामा भन्सार छली सामानहरु ओसारपसार गरेकोमा प्रहरीले ५ जनालाई बिहिबार पक्राउ गरेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ धर्मबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
विहिबार विहान २ बजेको समयमा जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ९ धर्मवस्तीबाट ७४ हजार ६ सय ७० रपैया मुल्य बराबरका सामान सहित उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३९ का छोटे दर्जी सोही ठाउँ बस्ने वर्ष २३ का निरज यादव, वर्ष १८ का सहिन शाह, वर्ष २० का सफीक दर्जि र वर्ष २१ का अजमेर अली दर्जि रहेका छन ।
उनीहरुबाट अन्दाजी ३९ हजार ६ सय मुल्य बराबरका तन्ना १ सय ९८ थान, १२ हजार मुल्य बराबारको साडी १२ थान, २ हजार ५० मुल्य बराबरको २० लिटर थिनर, ११ हजार ७ सयको १८ बण्डल फण्टी, ५ हजार ३ सय २० मुल्य बराबरको १ सय ३३ थान हसिया र ४ हजार मुल्य बराबरका ४ थान साइकल गरि जम्मा ७४ हजार ६ सय ७० मुल्य बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।
उनीहरुलाई बिहीबार विहान अन्दाजी २ बजेको समयमा भारत बाट भन्सार छली चोरी पैठारी गरि अवैध सामानहरु नेपाल ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जारी गरेको प्रेस मिटमा उल्लेख गरिएको छ । प्रहरी टोलीले फेला पारेको सामान आवश्यक कारवाहीका लागी राजापुर भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।