अमेरिका र रुसको विवादपछि धर्तीमा फर्किए आईएसएसका वैज्ञानिकहरु
प्रकाशित २०७५ असोज १९ शुक्रबार
412
Shares
काठमाडौं । दुई अमेरिकी वैज्ञानिक तथा एक रुसी वैज्ञानिक विहीबार छ महिनाको अवधि पूरा गर्दै पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय स्पेस स्टेसनबारे अमेरिका र रुसको विवादको कारण उनीहरु पूरा कार्यकाल नसकिँदै पृथ्वीमा फर्किएका हुन् ।
रुस र अमेरिकाको बीचमा आन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा पठाइएको विमानको विषयमा विवाद देखिएको थियो । रुसको अन्तरिक्ष विमानमा प्वाल देखिएसँगै विवाद उत्पन्न भएको हो । रुसले यसमा आफ्नो कुनै कमजोरी नरहेको बताउँदै आएको छ । अहिले उक्त विमानको विषयमा अनुसन्धान पनि सुरु भएको छ ।
आईएसएसमा पठाइएको विमानमा देखिएको प्वालले स्टेसनमा हावा लिक हुनसक्ने देखिएको थियो तर त्यसलाई केही समयमा नै टालिएको थियो । यो समस्या गएको अगष्ट महिनामा देखिएको थियो । अनुसन्धानकर्ताहरुले यस किसिमको प्वाल देखिनु उत्पादकहरुको कमजोरी हुन नसक्ने बताएका छन् ।
उक्त विमानमा अझै पनि केही खराबी रहेको हुनसक्ने भन्दै नासाले अवधिभन्दा अगाडि नै उक्त अन्तरिक्ष विमानहरु फिर्ता बोलाएको हो । (एजेन्सी)