विवेकशील साझाले सुदूर पश्चिम प्रदेशमा बृहत् प्रशिक्षण गर्ने
प्रकाशित २०७५ असोज १९ शुक्रबार
555
Shares
काठमाडौं । विवेकशील साझा पार्टी देश दौडाहमा निस्किएको छ। पार्टीले दसैँ अघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश अनि प्रदेश ५ मा कार्यक्रमहरू गर्ने भएको छ ।
विवेकशील साझा पार्टीले यसअघि सुदूर पश्चिम प्रदेशमा आफ्ना सदस्यहरू र नेताहरूलाई प्रशिक्षण दिइएको थियो।सो कार्यक्रममा करिब ६०० जना पार्टी सदस्यहरू अनि नेताहरूले प्रशिक्षण लिएको विवेकशील साझा पार्टीको सुदूर पश्चिम सचिवालयले जनाएको छ।
कार्यक्रममा पार्टी संयोजक द्वय रवीन्द्र मिश्र र उज्वल थापा, केन्द्रीय नेताहरू रमेश पौड्याल, केशव दाहाल अनि सुदूर पश्चिमका संयोजक गोपाल हमलाको थिए । सोहि दौरान दर्जनौं नयाँ व्यक्तिहरूले पनि सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए। विवेकशील साझा पार्टीका नेताहरूले विभिन्न जिल्लामा विभिन्न कार्यक्रम मार्फत उक्त प्रदेशका बुद्धिजीवी र नागरिक समूहलाई पनि भेटेका थिए। साथै, पत्रकारहरूसँग पनि अन्तरक्रिया गरेका थिए।
सुदूरपश्चिमको कार्यक्रम सकेर केन्द्रीय नेतृत्व कर्णाली प्रदेशका कार्यक्रमहरूको लागि निस्किएको छ। शुक्रबार कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा आम सभा समेत गर्दैछ। उक्त कार्यक्रममा भाग लिन विवेकशील साझा पार्टीका सदस्यहरू र शुभेच्छुकहरू दुर्गमबाट आउने क्रम जारी रहेको कर्णाली प्रदेशको सचिवालयले जनाएको छ। उक्त कार्यक्रममा करिब २ दिन हिडेर र २ दिन गाडीमा गरेर सहभागी हुन आएकी हिसे सामु लामाको दृढता देखेर आफु भावुक भएको कुरा रवीन्द्र मिश्रले आफ्नो फेसबुकमा समेत राखेका छन् ।