arrow

अत्यन्त विलासी जीवनशैली भएकी महिलामाथि लाग्यो १७ आरोप

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
rosmah_jeweller.jpg

क्वालालमपुर । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो ।

पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ ।
 
अधिकारीहरूले दिएको जानकारी अनुसार उनले आरोपहरूको खण्डन गरेकी छन् । उनलाई लगाइएको आरोपहरू पुष्टी भएमा उनलाई आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ ।
 
निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया मनसुरले महङ्गा गहना तथा हाते झोला आदि किन्ने गरेको चर्चा हुने गरेको थियो । उनका श्रीमान् नाजिबलाई पनि अनियमितता सम्वन्धी दुई दर्जन भन्दा बढी आरोप लगाइएको छ ।
 
शक्तिमा रहेको नौ बर्षे अवधिमा उनले राज्यशक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको अधिकारीहरूले जनाएका छन् ।
नाजिबले भ्रष्टाचार गरेको आरोपलाई मुख्य चुनावी मुद्दा बनाएका पुर्वप्रधानमन्त्री महाथिर मोहमदले सरकारको नेतृत्व गरेपछि पूर्ववर्ती सरकारका उच्चअधिकारीहरूमाथि छानविन थालिएको हो ।
 
राजनीतिबाट सन्यास लिएका ९३ बर्षीय महाथिरले देशलाई गलतबाटोबाट फर्काउनका लागि आफु फेरि राजनीतिमा फर्किनु परेको बताएका थिए ।
 
उनको यही आह्वानलाई समर्थन गर्दै मलेसियाका मतदाताले महाथिरलाई अत्यधिक मतका साथ विजयी गराएपछि उनले सरकार बनाएका हुन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ