arrow

भारतीय सैनिकको विमान दुर्घटना, दुई चालक सकुशल

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
airforce.jpg

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।  यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए ।
 
भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ