arrow

बजेट निकासा नहुँदा दशैं खल्लो

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
sarlahi.png

सर्लाही । आर्थिक वर्ष २०७५–०७६ का लागि संघीय सरकारले पठाएको अनुदान निकासा नहुँदा स्थानीय तहहरूमा समस्या भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाबाट बजेट निकासा नहुँदा समस्या भइरहेको स्थानिय निकायको भनाइ छ ।

‘कर्मचारीलाई तलब खुवाउने एवं विभिन्न कार्यक्रमको बजेट भुक्तानीका लागि समस्या भइरहेको छ’, ‘दशैंको मुखमा बजेट निकासा नहुँदा निकै गाह्रो भइरहेको छ।’ जिल्लास्थित ११ वटा नगरपालिका एवं ९ वटा गाउँपालिका गरी २० स्थानीय तहमध्ये हालसम्म १४ वटाको बजेट निकासा भएको छैन।

अघिल्लो आर्थिक वर्षको फाँटवारी पेश नगर्ने स्थानीय तहको बजेट निकासा रोकिएको प्रमुख कोष तथा लेखा नियन्त्रक जगतप्रसाद थपलियाले जानकारी दिनू भय ।प्रमुख कोष तथा लेखा नियन्त्रक थपलियाका अनुसार हालसम्म मलंगवा, बरहथवा, बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाको मात्र बजेट निकासा गरिएको छ।

बजेट निकासा नहुँदा दशैंको मुखमा कर्मचारीले तलब खान नपाउने अवस्था आएको छ । जिल्ला स्थित २० वटा स्थानीय तहमा आर्थिक वर्ष २०७५–०७६ का लागि संघीय सरकारबाट वितिय समानिकरण र सशर्त अनुदान शीर्षकमा ४ अर्ब ६९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ