arrow

गाउँपालिकाले गर्‍यो दशैँ तिहारमा हुने अपराधिक घटना कम गर्न छलफल

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
bajura-district.png

बाजुरा । गौमुल गाउँपालिका बाजुराले दशैँ र तिहारमा अपराधिक घटना बढी हुने भएकाले त्यस्ता अपराधिक क्रियाकलापलाई कम गर्नेका लागि बजार व्यवस्थापन समितिहरुसँग छलफल गरेको छ ।

दशैँ र तिहारमा बजार तथा गाउँमा विभिन्न किसिमका अपराधिक गतिविधि एवम् समाज खलबलिने काम हुने भएकाले सोको न्युनिकरणा गर्न उद्देश्यसहित बजार व्यवस्थापन समितिसँग छलफल गरिएको गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।

उनले भने,`हामी मदिरा बन्द गरी यसको व्यवस्थापन गरी सुन्दर समाजको निमार्णमा लागेको हौ ।'  गाउँपालिकाले मदिरा व्यवस्थापन गरिसकेपछि समाजमा घट्ने हरेक घट्नाहरु पछिल्लो समय कम भएको पाईएको गौमुल गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक सीता थापाले बताईन् ।

 उनले भनिन् 'पहिले भन्दा अहिले न्यायिक समितिमा त्यस्ता अपराधिक घटनाका मुद्दा कम आएको छ ।' पहिले केही मात्रामा बढी अपराधका घटनाका मुद्दा आएपनि अहिले क्रमिक सुधार भएको बताईन् ।

छलफलमा वडा नं. ६ का वडाअध्यक्ष प्रकाश रोकाया,ईलाका प्रहरी कार्यालयका प्रमुख हिक्मत शाहु, स्थानीय ३० बढी व्यापारीको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ