arrow

सरकारबाट चेलीबेटी जोगाउने दिन आए : जगदिश्वरनरसिंह केसी

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
jagdish.jpg

बारा । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले अहिलेको सरकार दुई तिहाइ बहुमतको दम्भमा हत्या, हिंसा र बलातकारीलाई बचाउने काम गरेको आरोप लगाएका छन ।

नेपाल तरूण दल क्षेत्रीय कार्यसमितिले  पचरौता नगरपालिकाको कुंडवामा आयोजना गरेको स्वर्गीय बासकली देवी यादवको १३ औ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  नेता केसीले यस्तो बताएका हुन।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे दुई महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न सकेको छैन । प्रहरी, प्रशासनले सबै प्रामाणहरूनष्ट गरेको ठोकुवा गर्दै सभापति सिंहले हत्या, हिंसा, बलातकारीलाई संरक्षण गरि मुलुकमा अराजकता फैलाउने काम गरेको आरोप लगाएका छन ।

नेपाली जनताहरूले सरकारसंग आफनो चेलीबेटी जोगाउने दिन आएको बताउदै सिंहले जनताहरू माथि ढांड सेक्ने गरि करमा वृद्धि गरेपछि मुलुकमा सरकार छ कि भनेर अनुभुती गर्न सकेका छन ।

एक फरक प्रसंगमा उनले जब सुन काण्डमा ठुलो माछा समात्न बांकी रहेको अनुसन्धान हुन थालेपछि नेकमा एमाले र नेकपा माओवादीका नेता नै ठुलो माछा हुन भने खुल्न थालेपछि पक्राउ पर्ने डरले सुन काण्डलाई सरकारले हराएको छ ।

संशोधनको नाममा संघिय समाजवादी फोरम नेपाल सतामा लिप्त भएको सभापति केसीले बताए । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस बाराका सचिव मनोज भट्ट, राजपाका महामन्त्री जितेन्द्र सिंह, फोरम नेपालका सचिव धर्म्बिर यादव, नेविसंघका सहमहामन्त्री राजेश राजेश रौनियार, विरेन्द्र यादव, नेकपाका मुकेश साह, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंश यादवले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाल तरुण दल क्षेत्र नं. २ का क्षेत्रिय सभापति प्रमोद यादवको सभापतित्वमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ