साली नाता पर्ने बालिकालाई आफ्नै कोठामा करणी गरि हत्या गर्ने जोशीलाई जन्मकैद
प्रकाशित २०७५ असोज १९ शुक्रबार
162
Shares
बैतडी । किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज सजाय सुनाएको हो ।
जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको थियो । पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ ।