arrow

दक्षिण कोरियामा जेल जाने पूर्व राष्ट्रपति ली चौँथा नेता

लीलाई १५ वर्ष कारागार

logo
प्रकाशित २०७५ असोज २० शनिबार
lee-myung-bak-southkorea.jpg

सिओल। दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ।

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ।

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएकाछन्। दक्षिण कोरियामा जेल जाने उनी चौँथा पूर्वनेता हुन्। उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो।

शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो। पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाँय तोकेको थियो।

उनीविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो। यसरी पदमुक्त हुने उनी प्रथम निर्वाचित राष्ट्रपति थइन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ