arrow

पाकिस्तानका प्रतिपक्षी नेता शहवाज पक्राउ

logo
प्रकाशित २०७५ असोज २० शनिबार
pakistan-shahbaz.jpg

इस्लामावाद, पाकिस्तान। पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा शुक्रबार पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन्। शहवाज पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारको भ्रष्टाचार आरोप लाग्ने पछिल्लो सदस्य छन्। उनलाई प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको दलले केही महिना पहिले भएको निर्वाचनबाट पराजित गरेको थियो।

उनीमाथि पाकिस्तानको पञ्जाब प्रान्तमा गुणस्तरहीन ‘हाउजिङ स्किम’ ल्याई भ्रष्टाचार गरेको आरोप लगाइएको, भ्रष्टाचार विरोधी निकाय पञ्जाब प्रान्तका क्षेत्रीय प्रमुख शाहजाद सालीमले कुराकानीमा बताए। सालीमले पञ्जाबका पूर्व नेता शहवाज शरीफलाई अदालतमा कहिले उपस्थित गराइने सम्बन्धमा कुनै जानकारी गराएन्।

“हामीले आफ्ना नेताको पक्राउबारे वास्तविकता सङ्कलन गरिरहेका छौँ साथै दलको नेतृत्वसँग छलफल गरी आगामी कार्ययोजनाबारे रणनीति बनाइरहेका छौँ,” शरीफको दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का प्रवक्ता मालिक अहमद खानले बताए।

पाकिस्तानको भ्रष्टाचार विराधी अदालतले गत जुलाईमा पार्टीका पिएमएल–एनका शक्तिशाली नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले अवैध रूपमा बेलायतमा सम्पत्ती जम्मा गरेको आरोपमा उनको अनुपस्थितिमा नै १० बर्ष जेल सजायँ सुनाएको थियो। पानामा पेपर्सले शरीफको परिवारले पदको दुरूपयोग गरी अकुत सम्पत्ती जम्मा गरेको खुलासापछि अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शरीफलाई पदबाट राजीनामा दिन अदालतले आदेश दिएको थियो।

तर गत महिना उनकी धर्मपत्नीको बेलायतमा भएको मृत्युपछि शरीफको पुनरावेदनलाई विचाराधिन अवस्थामा राख्दै उनलाई गत महिना जेलबाट रिहा गरिएको थियो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ