arrow

आइतबार बस्दैछ नेकपा सचिवालयको बैठक

logo
प्रकाशित २०७५ असोज २० शनिबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं। पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो।

संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा सहभागी भएर बिहीबार फर्किएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

केही दिनपहिले बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो। नेकपाले प्रदेश र जिल्ला तहको पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी आवश्यक तयारी शुरु गरेको छ।

नेकपाको केन्द्र र प्रदेशका एकता प्रक्रिया अगाडि बढे पनि प्रदेश, जिल्ला तह तथा जनवर्गीय सङ्गठनको एकता भने निष्कर्षमा पुग्न सकेको छैन। सचिवालय बैठकले उक्त विषयमा समेत आवश्यक निर्णय गर्ने विश्वास लिइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ