arrow

आश्रय स्थाल निर्माण तथा हस्तान्तरण

logo
प्रकाशित २०७५ असोज २० शनिबार
nawalparasi-program.jpg

नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको प्रतापपुर गाऊपालिका वडा नं. ८ बालुवा टोलमा सार्वजनिक सुनवाई र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको। विकल्प संस्थाको आयोजना तथा प्रतापपुर गाऊपालिका र युनाईटेड मिसनको सहयोगमा तराई बाढी पन: लाभ कार्यक्रम अन्तर्गत वडा नं- ७ र ८ मा कुल १७ वटा घर साथै १ आश्रय स्थल निर्माण गरिएको थियो।

खासगरी लक्षित समुदायलाई बढी प्रकोपबाट प्रभावित घरधुरी, आर्थिक अवस्था कमजोर भएका, अपाङ, बालबालिका, एकल महिला बृद्धबृद्धा  लगायतहरुको पुन: लाभको लागी निर्माण गरिएको हो।

यस निर्माण परियोजनामा कुल लागत ९२ लाख २५ हजार २ सय ७५ रुपया निर्माण भए पछि करिब १०८३ मानिसहरु लाभान्वित हुने जानकारी गराईएको छ। बिगत लामो समय देखि त्यहाका स्थानिहरु बर्षातको समयमा निकै समस्या भोग्दै आएकोले सो ठाँऊमा आश्रय स्थल निर्माल भएपछि बिभिन्न सामाजिक कार्यमा सहयोग पुग्ने स्थानियहरुले बताएका छन।

सार्वजनिक सुनवाई र हस्तान्तरण कार्यक्रमा कविता ज्ञवालीको अध्यक्षता तथा प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथिथ्यता रहेको कार्यक्रममा गाऊपालिका उप प्रमुख अन्जु कुमारी चौधरी, प्रतापपुर-६ का वडाध्यक्ष राम हरि उपाध्याय,वडा नं.-७ का वडाध्यक्ष हरिन्द्र यादव, वडा नं.-८ का वडाध्यक्ष कादिर अलि अन्सारी, बिशाल बाबु श्रेष्ठ, बजरंगी कोईरी, सपना खडका कमला फुन्देल, नबिन मुक्तान, रामनगिना गुप्ता, उमेश बिक लगायतहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ