arrow

श्रीमानको मौखिक तलाक विरुद्ध श्रीमतीद्वारा मुद्दा दायर

logo
प्रकाशित २०७५ असोज २० शनिबार
uttar-pradesh-india.jpg

बाहरैच, उत्तर प्रदेश। उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन्। मुस्लिम समुदायका नागरिकमा श्रीमानले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ। दाइजोको निहूँमा ती पुरुषले तलाक दिएको समाचारमा जनाइएको छ।

भारतको केन्द्रीय सरकारले मौखिकरुपमा तीन पटकसम्म तलाक भनेपछि सम्बन्ध विच्छेद भएको ठहरिने गरिएको यस प्रचलनलाई निरन्तरता दिन नपाइनेगरी अध्यादेश ल्याएको छ। त्यसैले तलाक दिने ती पुरुषका विरुद्ध श्रीमतीले भने मुद्दा दायर गरेको छ।

पीडित श्रीमती नुरीकी आमा रेशमाकाअनुसार दाइजो नल्याएको कारणबाट पीडित ती महिलालाई घरका परिवारले दुःख दिएका थिए। तीन तलाकबाट पीडित महिला नुरीकाअनुसार उनको विवाह आठ महिना अगाडि भएको थियो। मोटरसाइकल र ५० हजार रुपैयाँ माइतीबाट ल्याउन भन्दै सासुले पिट्ने गरेकी नुरी बताउँछिन्।

प्रहरीले तलाक दिने पुरुषका विरुद्धको मुद्दा लिएको छ। नुरीका श्रीमान् साउदी अरेबियामा छन्। उनले त्यहीँबाट टेलिफोन मै तलाक दिएका थिए।

यस घटनाको अनुसन्धान सुरु भएको र आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ। मुसलमान समुदायमा तीन पटकसम्म तलाक दिइने प्रचलन विगत लामो समयदेखिकै हो।

मुस्लिम नारीहरुमा दिने गरिएको तलाकका कारण उनीहरुमा परेकोले सरकारले हालैमात्र यो प्रचलनलाई निरन्तरता दिन नपाइने भन्दै अध्यादेश नै ल्याएको हो। एएनआइ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ