arrow

तीन सातामा कैलाली–कञ्चनपुरबाट लागुऔषधका ११ कारोबारी पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ असोज २० शनिबार
drug.JPG

कञ्चनपुर । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कञ्चनपुरले तीन साताको अवधिमा सुदूरपश्चिम प्रदेशका दुई जिल्लाबाट एक भारतीय नागरिक सहित ११ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक धनन्जय कुमार मल्लको नेतृत्वमा कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट उनीहरु पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण शाखा कञ्चनपुरका प्रहरी जवान पदम बिष्टले दशैँ तिहारका बेला लागुऔषधको ओसारपसार बढ्ने भएकाले सम्भाव्य स्थानमा छापा हान्दा उनीहरुलाई नियन्त्रणमा लिई पक्राउ परेको बताए ।
 
उनका अनुसार भारतीय नागरिक आकास शर्मा सहित दुई जना नेपाली किसन साउद, सागर सुनारको साथबाट भाँसीदेखि ४.४ ग्राम ५० मिनिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने भाँसीबाटै दिलिप धामी, शंकर बोहरा भनिने शालिग्राम बोहरा, नर बहादुर बोहराको साथबाट ४ किलो चरेश बरामद गरिएको छ ।

 लागुऔषध नियन्त्रण शाखा कञ्चनपुरका प्रज विष्टका अनुसार महेन्द्रनगरबाटै १० ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । सिद्ध औजी र चन्दन ऐडी यस्तै दोधाराचाँदनी झोलुङ्गे पुल क्षेत्रबाट मनोज पन्त र तीर्थराज टमाटा २.८०ग्राम चरेश सहित पक्राउ परेका हुन् ।

यस्तै लागुऔषध नियन्त्रण शाखा कञ्चनपुरका प्रज विष्टका अनुसार असोज तेस्रो साता कैलालीको गोदाबरी नगरपालिकाबाट धनगढीका हरिश बोगटीको साथबाट २१ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो हिरोईन बरामद गरिएको छ । शाकाका आधारमा बोगटीलाई चेकचाँज गर्दा उनको साथबाट खैरो हिरोईन बरामद गरिएको हो ।

कैलालीमा बरामद र पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरमा पक्राउ र उनीहरुको साथबाट बरामद गरिएका लागुऔषध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाईएको लागुऔषध नियन्त्रण ब्यूरोका सदस्य विष्टले बताए ।

पक्राउ परेका व्यक्ति र लागुऔषधबाट अनुसन्धान भईरहेको कैलाली कञ्चनपुरका प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले सीमा क्षेत्र, शहरी क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि उच्च निगरानी बढाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ