प्रहरी आएको थाहा पाएर जुवाको खालबाट हामफाल्दा बजारिएर मृत्यु (विज्ञप्ति सहित)
प्रकाशित २०७५ असोज २० शनिबार
834
Shares
काठमाडौं । कपन निवासी ४३ बर्षको सरोज घले र सिन्धुपाल्चोकका सोमलाल तामाङ्ग प्रहरी आएको थाहा पाएर झ्यालबाट हामफाल्दा दुईवटा घरको विचमा बजारिएर मृत्यु भएको छ । मुलपानी स्थित टेण्डी शेर्पाको साढे तिन तले घरमा जुवा खेली रहेका उनिहरु प्रहरीको विशेष टोली आएको थाहा पाएर “ प्रहरी आयो प्रहरी आयो “ भन्दै झ्यालबाट हाम फालेका थिए
सख्त घाइते भएको घले र तामाङ्गलाई तत्काल उक्त स्थानमा प्रहरीले उपचारका लागि अस्पतालमा लगे पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । घाईतेलाई उपचारार्थ पठाई सके पश्चात दोस्रो तल्लाको च्यानल गेटको ताला फुटाई तेस्रो तल्लामा प्रहरीहरु पुगी कोठाहरु चेकजाँच गर्दा कोठामा जुवा खेल्ने अवस्थामा जुवा खेल्ने सामाग्री (कौडा, तास) यत्रतत्र भुईमा छरिएर रहेको पाईएको थियो । साथै नजिकै मदिराका वोतलहरु, चाउचाउ लगायतका अन्य खानेकुराहरु र खुकुरी, तरबार समेत पाईएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो स्थानमा जुवामा प्रयोग भएको ४ लाख ५८ हजार २ सय २५ रुपैया नगद सहित जुवा खेलमा संलग्न रहेका १ महिला र २३ पुरुष सहित जम्मा २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा ल्याईएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा हुमा गुरुङ्ग लगायत चार जना महिलाहरुको सक्रियतामा घरघनि टेण्डी शर्पालाई घरमा जुवा खेलाउन दिए वापत मोटो रकम दिने गरेको खुल्न आएको छ । घर धनि आफै जुवाडे समेत रहेको र जुवामा हारेको व्यक्तिहरुलाई वढी व्याजमा सापटी समेत दिने गरेको र पक्राउ परेका व्यक्तिहरु र मृतक समेत पटक पटक विगतमा जुवा अपराधमा मुद्धा चलाई कारबाही भएका हुन् ।